सुमित कार्की : इन्टरनेटमा हट एन्ड बोल्ड एक्ट्रेस अफ नेपाली फिल्म इन्डस्ट्री सर्च गर्दा प्रियङ्का कार्की, श्रद्धा क्षेत्री, उपासना सिंह ठकुरीलगायत नायिकाको नाम सुरुमा देखाउँछ । क्युटेस्ट एक्ट्रेस अफ् नेपाली फिल्म इन्डस्ट्री सर्च गर्दा चाहिँ वर्षा राउत, वर्षा सिवाकोटी, सृष्टि श्रेष्ठ, सुहाना थापा, स्वस्तिमा खड्कालगायत नायिकाको नाम अगाडि आउँछ ।
यो ग्ल्यामर संसारमा हट अवतारका लागि परिचित नायिकाले क्युट गेटअपमा फोटो सुट गरे भने सामान्य लिइन्छ तर क्युटेस्ट एक्ट्रेस अफ् नेपाली फिल्म इन्डस्ट्रीको उपाधि पाएका नायिकाले हट एन्ड बोल्ड अवतारमा फोटो सुट गराएमा विवादित हुने गरेको छ । यसको एक उदाहरण हुन् नायिका वर्षा राउत ।
फिल्म ‘जात्रैजात्रा’ रिलिजको क्रममा नायिका वर्षा राउतको बोल्ड तस्बिर भाइरल बनेको थियो । उनको पहिरनको धेरैले खिल्ली उडाएका थिए ।
यस्तै, अहिले नायिका वर्षा शिवाकोटी सामाजिक सञ्जालमा बोल्ड अवतारका कारण विवादमा परेकी छिन् । पशुपति प्रसाद, वीर विक्रम–२ लगायत फिल्ममा उनको क्युट लुक्सलाई दर्शकले मन पराएका थिए । उनी नेपालको क्युटेस्ट एक्ट्रेसका रूपमा चिनिन्छिन् ।
शनिबार उनले अमेरिकाको फ्लोरिडाको समुद्र तटमा ‘टु पिस’ लगाएको तस्बिर पोस्ट गरेकी थिइन् । बिकिनीमा उनी हट देखिएकी छिन् । तर अहिले सामाजिक सञ्जालमा नेगेटिभ कमेन्टको ओइरो लागेको छ । वर्षाको बोल्ड अवतारलाई लिएर धेरैले नकारात्मक टिप्पणी गरिरहेका छन् ।
बलिउड हलिउड इन्डस्ट्रीका नायिका हट फोटो सुट गर्दा नेपाली दर्शक वाह् भन्ने गर्छन् । त्यही नेपाली कलाकारले बिकिनीमा फोटो सुट गर्दा नेपाली दर्शकले किन तथानाम गाली गरिरहेका छन् ?
यो सत्य हो, नायिका वर्षा शिवाकोटी नेपालको सबैभन्दा क्युट नायिकामध्ये एक हुन् । यही क्युटनेसका कारण धेरै दर्शक उनका फ्यान बनेका छन् । तर उनको बोल्ड अवतरलाई फ्यानले सहजै स्वीकार्न सकेनन् ।
बाहिर टन्टलापुर घाम अनि सामाजिक सञ्जालभित्र वर्षा । अहिले देशमा यही चर्चा चलिरहेको छ ।