नायिका प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानको घेरामा परेकी छिन् । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा उनलाई सीआइबीले उनलाई अनुसन्धानको घेरामा ल्याएको हो । उनी आइतबार ब्यूरोमा बयान दिन पुगेकी थिइन् । उनले, बयानमा के भनिन् भन्ने खुलेको छैन ।
उनले केही समय अगाडि सामाजिक संजालबाट क्रिप्टोकरेन्सीको प्रचार गरेकी थिइन् । जहाँ, उनले आफूले पनि लगानी गरेको उल्लेख गरेकी थिइन् । उनले, आफ्नो फ्यानहरुलाई पनि लगानी गर्न आग्रह गरेकी थिइन् ।
नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी गैह्रकानुनी रहेको बताउँदै लगानी नगर्न चेतावनी दिदै आएको छ । तर, प्रियंकाले भने खुलेयाम यसको प्रचार गरेपछि उनलाई सोधपुछका लागि सीआइबीले बोलाएको हो ।