
नेपालगन्ज : चर्चित नायक पल शाह र नायिका पुजा शर्मा स्टारर चलचित्र गत शुक्रबारबाट प्रदर्शनमा आयो। प्रदर्शन भएलगत्तै चलचित्रले देशभर दर्शकको अत्याधिक साथ पाइरहेको छ।
यसबीच, चलचित्र “म यस्तो गीत गाउँछु २”लाई नेपालगन्जमा पनि दर्शकको अत्याधिक साथ मिलिरहेको छ। शनिबार त नेपालगन्ज स्थित क्युएफएक्स सिनेमाज बागेश्वरीमा चलचित्र “म यस्तो गीत गाउँछु २” हेर्न आउने दर्शकको भिड थामिनसक्नुको थियो। भिडियो..
दर्शकहरु टिकटको लागि लामो समय लाइनमा बस्न बाध्य भएका थिए। त्यसो त, लाइनमा बस्दा पनि हाउसफुलका कारण यस् चलचित्रको टिकट नपाएपछि अर्को चलचित्रको समेत टिकट काट्न दर्शक बाध्य भएका थिए।
नेपालगगन्जमा शनिबार चलचित्रलाई ४ शो दिइएको हलका प्रबन्धक सन्जीव शाक्यले फिल्मीपत्रलाई बताए। उनका अनुसार शनिबार दिइएको ४ शो मध्ये दिउँसो १२ र ३ बजेको २ वटै शो हाउसफुल भएका थिए। त्यस्तै, विहान र साँझको शोमा पनि ७० प्रतिशत अकुपेन्सी रहेको थियो।
दु:खद कुरा त के छ भने यता चलचित्रलाई दर्शकको राम्रो साथ मिलिरहेको दृश्य यस् चलचित्रका नायक पल शाहले अवलोकन गर्न नै पाएका छैनन् । एक गायिकालाई जबर्जस्ती करणी गरेको जाहेरी यतिबेला पल शाह माथि परेको छ। प्रहरीका अनुसार पल यतिबेला फरार अभियुक्तको सुचिमा छन् ।
तर चलचित्रकि नायिका पूजा शर्माले भने हलसम्म पुगेर दर्शकसंग भेटघाट गर्दै प्रतिक्रिया लिइरहेकी छिन् । सुदर्शन थापाको निर्देशन एवम कथा रहेको चलचित्रमा म्युजिकल लभ स्टोरीलाई देखाइएको छ।
चलचित्रमा पल र पुजाका अलवा हरिहर शर्मा, दिनेश डीसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको अभिनय छ । साढे दुई करोडको लगानी रहेको चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।