काठमाडौं : नेपाली सांगीतिक क्षेत्रम कुशल रेकर्डिस्टको रुपमा आफ्नो छवि बनाएका रेकर्डिस्ट हुन् सुमन राना। त्यसो त, सुमनको परिचय रेकर्डिस्टको रुपमा मात्र सिमित छैन । सुमन गीत गाउनुका साथै मोडलिङमा समेत सक्रिय छन् पछिल्लो समय ।
प्रायः दिनहुँजसो गीत रेकर्डिङ गर्नमा व्यस्त हुने सुमनले पछिल्लो समय एउटा नयाँ गीत रिलिज गरे। उक्त गीत रिलिज भएको छोटो समयमै दर्शक स्रोताले निकै रुचाएका छन् । जुन गीत हो “हेर सानू” बोलको गीत।
एउटा मौलिक गाउँलेपनको आभाष दिलाउने गीत सुमनले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएका हुन् । गीतमा लोकप्रिय गायक गायिकाको सुमधुर आवाज रहेको छ।
गीत त आफैमा उत्कृष्ट छ नै। तर यस् गीतको रोचक कुरा के छ भने गीतमा २२ जना गायक गायिकाको आवाज रहेको छ। लोकप्रिय गायक राजु परियार, रामजी खाँड, राजु गुरुङ, चन्द्र शर्मा, गायिका देवी घर्ती, शान्ती श्री परियार, समीक्षा अधिकारी लगायत २२ जनाको आवाज गीतमा सुन्न सकिन्छ।
पश्चिम र मध्यपश्चिमको मौलिक झ्याउरे फ्युजनको मेलोडी गीतमा सुन्न सकिन्छ। गीतमा सुजन लम्सालको शब्द रहेको छ।भने, चन्द्र शर्मा र डाक्टर गोविन्द आचार्यको थेगो अनि संगीत रहेको छ।
करिब १६ मिनेट लामो गीतको भिडियो बनाइएको छ। गीतको अडियो सुन्दा जति रमाइलो लाग्छ, भिडियो हेर्दा झन रमाइलो लाग्छ। किनकी भिडियो निकै मौलिक बनाइएको छ।
प्रायः यसै गीतका गायक गायिकालाई भिडियोमा देख्न सकिन्छ। त्यसो त, लोकप्रिय मोडल बिमल अधिकारी, नीर आले, रितु तामाङ, सरिश्मा मगर लगायतका कलाकारहरु पनि भिडियोमा रहेका छन् ।
गाउँघरमा पुजा, बिबाह लगायतको माहोलमा रमाइलो गरिने परिवेशलाई भिडियोमा देखाइएको छ। भिडियोलाई राजकुमार मगरले सम्पादन एवम् निर्देशन गरेका हुन् । आकर्षक फ्रेममा जितेन्द्र रावलले भिडियो खिचेका हुन् ।
सुमन रानाको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको गीतलाई छोटो समयमा दर्शक स्रोताले अत्याधिक रुचाएका छन् । शुन्य सब्सक्राइब भएको च्यानलबाट रिलिज गरिएको गीतलाई हालसम्म करिब ६ दिनको अवधिमा १ लाख ८२ हजार बढी भ्युज युट्युबमा मिलेको छ। यतिबेला च्यानल मनिटाइज समेत भइसकेको यस् गीतका निर्माता एवम् गायक सुमन रानाले बताए।
हजारौं सकारात्मक प्रतिक्रिया गीतलाई दर्शकले युट्युबमा दिएका छन् । त्यसो त, यस् गीतका विभिन्न अंशमा हजारौं टिकटक भिडियो समेत बनेका छन् । भिडियो..