
काठमाडौं : प्रेम दिवस अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) नजिकिँदै गर्दा भ्यालेन्टाइन लक्षित गीतहरू रिलिज हुने क्रम बढ्दो छ। विशेषगरी युवायुवतीलाई लक्षित गर्दै नयाँ प्रेमिल गीत भ्यालेन्टाइनलाई लक्षित गर्दै रिलिज भइरहेका छन् ।
त्यसो त, फाल्गुन २ गते रहेको “भ्यालेन्टाइन डे”को दिनमा त दर्जनौं बढी गीतहरू रिलिज हुनेक्रममा छन् । जुनकुरा गायक गायिका, कलाकार अथवा निर्माताले सामाजिक संजालमा सेयर गरेरा पोस्टरमा हेर्दा थाहा हुन्छ।
यसैबीच, भ्यालेन्टाइन गीत भनेर विशाल घिमिरे निर्देशित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। शुक्रबार रिलिज “एक कप पिउन” बोलको म्युजिक भिडियोमा लोकप्रिय कलाकार देवेन्द्र बब्लु र प्रियंका चौधरी फिचर्ड छन् । रोमान्टिक अवतारमा देवेन्द्र र प्रियंकालाई भिडियोमा देख्न सकिन्छ।
कलेज लेभलमा पढ्ने युवा युवतीको प्रेम सम्बन्धलाई भिडियोमा देखाइएको छ। त्यसो त, देवेन्द्र र प्रियंकाको केमिस्ट्री पनि भिडियोमा गजब देखिएको छ।
भिडियोमा समाबेश गीतको शब्द, संगीत अनि स्वर दिने काम विशाल नेपालीले गरेका छन् । प्रेमिल अडियोसंगै भिडियोले यस् भ्यालेन्टाइनमा माया गर्ने जोडीको मन अवश्य जित्ने अनुमान गर्न सकिन्छ।
प्रायः वियोगान्त कथाहरू भिडियोमा उतार्ने निर्देशक विशाल घिमिरेले यस् भिडियोमा भने प्रेमिल कथा प्रस्तुत गरेका छन् । अब्बल क्यामरा पर्सन अनिल के मानन्धरले आकर्षक फ्रेममा उक्त भिडियो खिचेका हुन् ।
मदन रानाले सम्पादन गरेको भिडियोलाई मनोज कार्कीले कलर गरेका छन् । भिडियो “मुन स्टोन प्रोडक्सन”को युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..