काठमाडौं : बहुप्रतिक्षित चलचित्र “ए मेरो हजुर ४”को शिर्ष गीत रिलिज भएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले “फुलको थुंगा” बोलको शिर्ष गीत रिलिज गरेको हो।
गीतमा लोकप्रिय गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको मेलोडियस आवाज रहेको छ। रबि मल्लको शब्द अनि कल्याण सिंहको संगीत रहेको गीतका अरेन्जर उदयराज पौडेल हुन् ।
कोरोना कहरका कारण रिलिज हुन नपाएको यस् चलचित्रको रिलिज मिति आउने नयाँ वर्ष वैशाख १ गतेलाई तय गरिएलगत्तै निर्माण टिमले प्रचारप्रसारसंगै शिर्ष गीत रिलिज गरेको हो।
गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ। भिडियोमा मेगास्टार अनमोल केशी र नायिका सुहाना थापा फिचर्ड छन् । सेफोक्सोन्डो ताल वरपर भिडियो खिचिएको छ। भिडियोमा अनमोल र सुहानाको रोमान्स देख्न सकिन्छ।
निकै नै चिसो हुने उक्त स्थानमा निकै छोटो पहिरहनमा सुहाना फिचर्ड छिन् । चिसोको प्रवाह नगरि अभिनयमा सुहाना डुबेकी छिन् । जुनकुराले सुहानाको कलाकारिता प्रति निकै झुकाव रहेको आभाष गराउँछ।
त्यसो त, अनमोल र सुहानाको केमिस्ट्री पनि गजब देखिएको छ। सुन्दर अनि मनोरम लोकेशनले भिडियो सजिएको छ। भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । सन्जय लामाले खिचेको भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन ।
शिर्ष गीत बुढासुब्ब डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको हो। यस् चलचित्रलाई लिएर दर्शक निकै उत्साहित छन् । प्रेम विछोडको कथा बोल्ने चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।
चलचित्रका निर्माता सुनिल कुमार थापा हुन् । स्वर्गीय छेतेन गुरुङ र झरना थापाको कथा चलचित्रमा रहेको छ। अनमोल र सुहानालाई चलचित्रमा मुख्य भुमिकामा देख्न सकिनेछ।
सुहाना इन्टरटेन्मेन्टको व्यानरमा बनेको चलचित्रमा
झरना थापा र स्वर्गीय छेतन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन छ ।
त्यस्तै कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
यस् अघि चैत्र चैत्र २५ मा रिलिज हुने घोषणा भएपनि निर्माण टिमले एकसाता पछि रिलिज मिति तय गरेको हो। “ए मेरो हजुर”का यस् भन्दा अघिल्ला शृङ्खलालाई दर्शकले निकै रुचाएका थिए। अनमोल र सुहानाको जोडी पनि दर्शकले निकै रुचाएका थिए।
तर चौथो शृङ्खलालाई दर्शकले कत्तिको रुचाउँछन् त्यो त रिलिज मिति नै कुर्नुपर्ने हुन्छ। भिडियो..