काठमाडौं : कुनै पनि म्युजिक भिडियो उत्कृष्ट हुनको लागि पर्दामा देखिने कलाकारको भुमिका जति हुन्छ, त्यो भन्दा बढी मिहेनत गर्ने गर्छन् प्राविधिक टिम।
विगत लामो समयदेखि पर्दा पछाडि रहेर उत्कृष्ट म्युजिक भिडियो पस्किरहेका प्राविधिक मध्येकै दुई व्यक्ति हुन् अनिलकृष्ण मानन्धर र दिपेश परियार।
अनिलकृष्ण नेपाली म्युजिक भिडियो जगतमा एक एब्बल सिनेम्याटोग्राफर भनेर चिनिन्छन भने दिपेश एक कुशल मेकअप आर्टिस्ट भनेर। प्रायः कामहरू संगसंगै गरिरहने उनीहरूले लामो समयदेखि पर्दा पछाडी रहेर काम गर्दै आइरहेका छन् ।
उनीहरूले गरेका अधिकांश काम दर्शकमाझ निकै लोकप्रिय पनि छन् । त्यसो त, अनिल बेलाबखत भिडियो निर्देशन समेत गर्नेगर्छन। अनि यता, दिपेश पनि बेलाबखत म्युजिक भिडियोमा अभिनय गर्छन् ।
यसैबीच, अनिलकृष्ण निर्देशित र दिपेश अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। शनिबार रिलिज “न्यानो अंगालोमा” बोलको म्युजिक भिडियोमा दिपेशको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियोमा समावेश गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र श्याम कार्कीको सुमधुर आवाज रहेको छ।
बिराट कडरियाको शब्द अनि संगीत रहेको गीतको अडियो मेलोडियस एवम् प्रेमिल छ। गीत प्रेमिला शब्दहरुले भरिपुर्ण छ। अस्मिता र श्यामको गायिकी पनि मिठासयुक्त सुनिएको छ गीतमा।
सुन्दा गीतको अडियो जति मेलोडियस लाग्छ, भिडियो झन आकर्षक बनाइएको छ। दिपेशका अलवा भिडियोमा कलाकार रोश्नी कार्कीको पनि अभिनय रहेको छ। कलेज पढ्ने युवती र पोस्टरको प्रचारप्रसार गर्ने युवकबीचको प्रेम कथालाई भिडियोमा उत्कृष्ट तरिकाले अनिलकृष्णले प्रस्तुत गरेका छन् । कथावस्तु पनि अनिलकै छ भिडियोमा।
दिपेश र रोश्नीको केमिस्ट्री भिडियोमा गजब देखिएको छ। उनीहरूको अभिनय अनि भिडियोमा समाबेश कथा वस्तुले हेर्ने जोकोही दर्शकलाई सुरुदेखि अन्तिम सम्म बाँधेर राख्छ। दिपेशको अभिनयलाई नियाल्दा उनले पर्दा पछाडि मात्रै होइन
पर्दा अगाडि पनि अब्बल काम गर्न सक्ने रहेछन् भन्ने आभाष हुन्छ।
त्यस्तै, निर्देशक विशाल घिमिरेलाई पनि यस् भिडियोमा कलाकारको रुपमा देख्न सकिन्छ। विशाल घिमिरे र आकृती शर्माको उपस्तिथिले पनि भिडियो झन आकर्षक देखिएको छ।
आकर्षक फ्रेममा भिडियोलाई निर्देशक स्वयं अनिलकृष्णले नै खिचेका छन् । निर्देशन र छायांकनको पाटो एक्लै सम्हालेका अनिलको काम यस् भिडियोमा तारिफयोग्य छ।
आइम्याक्स मोसन पिक्चर्समा भिडियोको सम्पादन गर्ने काम गरिएको हो। भिडियो श्याम कार्कीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..