प्रबिन भट्टको “मनैमा शितलो”मा हरिश निरौला ‘कक्रोज’को फरक लुक्स

काठमाडौं : त्यसो त नेपाली सांगितिक क्षेत्रमा कुशल म्युजिक भिडियो सम्पादकको रुपमा आफ्नो बेग्लै पहिचान बनाएका सम्पादक हुन् प्रबिन भट्ट। तर उनको पहिचान सम्पादकको रुपमा मात्रै सिमित् छैन।

प्रविनले उत्तिकै मिठो गीत गाउँछन्, लेख्छन् अनि संगित पनि भर्छन्। जुनकुरा दर्शक स्रोताले उनका यसभन्दा अगाडीका गीतहरुबाट आभाष गरिसकेका छन्। यसैक्रममा, प्रबिनको आवाजमा रहेको पृथक शैलीको नयाँ गीत बजारमा रिलिज हुनेभएको छ।

सोमबार मात्रै गीतको फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। पोस्टरमा लोकप्रिय कलाकार हरिश निरौला ‘कक्रोज’लाई भिन्नै लुक्समा देख्न सकिन्छ। सायद कक्रोज यस्तो लुक्समा भिडियोमा पहिलोपटक देखिँदैछन्।

निर्माण टिमले सोमबार पोस्टर आउट गरेलगत्तै दर्शकमाझ गीत कहिले रिलिज होला भन्ने कौतुहलता छाएको छ। पोस्टर अनुसार गीत भिडियो सहित आगामी फाल्गुन १ गते रिलिज हुनेछ।

प्रविन भट्ट र गायिका पूजा देवकोटाको आवाज रहेको गीतको भिडियोमा कक्रोजका अलवा मोडल पेरिशा कँडेलको समेत अभिनय रहेको छ। निर्माण टिमले सोमबार रिलिज गरेका २ वटा पोस्टर मध्ये एउटा पोस्टरमा पेरिशालाई देख्न सकिन्छ। गीतको शब्द अनि संगीत प्रशान्त पौडेलको रहेको छ। गीतको अरेन्ज चाहिँ एचबिएन किस्मतले गरेका हुन् ।

पोस्टर अनुसार भिडियोमा युवा निर्देशक सागरबाबु भट्टको निर्देशन रहेको छ। प्राय कमैमात्र भिडियो निर्देशन गर्ने सागरबाबुले कक्रोज र पेरिशालाई भिडियोमा कस्तो तरिकाले कस्तो कथामा प्रस्तुत गरेका छन् त्यो त रिलिज मिति नै कुर्नुपर्ने हुन्छ।

भिडियोलाई छायांकन अजय रेग्मीले गरेका छन्। त्यस्तै, भिडियोको सम्पादन चाहि प्रबिन स्वयंले नै गरेका हुन्। भिडियोमा सहनिर्देशनको काम केशव अधिकारीले गरेका छन्। गीत भिडियो सहित ‘भिडियो भकारी ‘नामक युट्युब च्यानलबाट रिलिज हुनेछ।

प्रतिक्रिया

TOP