जीवन र सुमित्राको आवाजमा “यो जुनेली रात” रिलिज

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा पृथक गायिकिपनका साथ चिनिएकी गायिका सुमित्रा तामाङको नयाँ गीत रिलिज भएको छ।

शुक्रबार रिलिज “यो जुनेली रात” बोलको गीतमा सुमित्राको सुमधुर आवाज रहेको छ। सुमित्राका अलवा गायक जीवन सिग्देलको पनि गीतमा आवाज सुन्न सकिन्छ। जीवन सिग्देलले गीतको शब्द अनि संगीत तयार पारेका हुन् ।

वियोगान्त शैलीमा रहेको गीतमा सुमित्रा र जीवनको गायिकी अब्बल सुनिएको छ। गीतको अडियो मनछुने छ। गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ।

भिडियोमा सुमित्रा तामाङ र शिशिर पौडेलको अभिनय रहेको छ। एउटा प्रेम विछोडको कथालाई भिडियोमा देखाइएको छ। अर्जुन थापा भिडियोका निर्देशक हुन् ।

सुशील डाँगीले आकर्षक फ्रेममा खिचेको भिडियोका सम्पादक निराजन केशी हुन् । गीत “धौलागिरी इन्टरटेन्मेन्ट” नामक युट्युव च्यानलबाट रिलिज गरिएको हो। भिडियो..

प्रतिक्रिया

TOP