काठमाडौं : पछिल्लो समय डिजिटल पत्रकारिता मार्फत आफुलाई स्थापित गर्न सफल पत्रकार हुन् सविन छेत्री। रेडियो हुँदै आफ्नो पत्रकारिता जीवन सुरु गरेका सविन पछिल्लो समय युट्युब पत्रकारिता गरिरहेका छन् ।
सविनले पछिल्लो समय पत्रकारिता मात्रै नभएर गीत संगीत निर्माण पनि गर्दै आइरहेका छन् । यसैबीच, उनले हालैमात्र एउटा टेलिसिरियल सुरु गरेका छन् । हरेक शुक्रबार लेकसाइड टिभी युट्युबमा प्रसारण हुने गरि “सती” नामक टेलिसिरियल सविनले संचालनमा ल्याएका हुन् ।
आफू कलाप्रेमी भएकोले टेलिसिरियलको निर्माण सुरु गरेको सविन बताउँछन् । नारी र पुरुषमा भएको आधुनिक दमन, पिडा, भेदभाव, प्रेम देखाउने प्रयास गरेको उनको भनाइ छ।
सिरियलमा रश्मि भट्ट, रोहित कार्की, सन्ध्या बूढा काउली बुडी, सबिन क्षेत्री, सुमन पाण्डे, बिनोद खड्का, अर्जुन कुँवर, रचना पौडेल, डिम्पल खनाल, सन्तोष पक्कु,बिमल गौतम, बिपना भण्डारी र शिवांगी छेत्रीको अभिनय रहेको छ।
सिरियलको लेखन एवम् निर्देशन भने स्वयं सविनले नै गरेका छन् ।सिरियललाई विजय भुर्तेलले सम्पादन र राहुल राईले छायांकन गरेका छन् ।
सिरियल गत शुक्रबारबाट प्रसारण आरम्भ गरिएको हो। “लेकसाइड टिभी” नामक युट्युब च्यानलमा हरेक शुक्रबार साँझ ७ बजे आउने सिरियलको पहिलो शृङ्खला सार्वजनिक भइसकेको छ। हेर्नुस् पहिलो एपिसोड:-