काठमाडौं : नेपाली म्युजिक भिडियो निर्देशकहरुको भिडमा आफ्नो बेग्लै पहिचान बनाएका निर्देशक हुन् विशाल घिमिरे। आफैमा थियटर आर्टिस्ट समेत रहेका विशाल पछिल्लो समय कथामा आधारित म्युजिक भिडियो बनाउन निकै खप्पिस छन् ।
दर्जनौं म्युजिक भिडियोमा सह निर्देशन गरिसकेका विशाल पछिल्लो समय मुख्य निर्देशनमा समेत होमिन थालेका छन् । हालैमात्र विशालले निर्देशन गरेको नयाँ म्युजिक भिडियो रिलिज भएको छ।
केही दिन अघि रिलिज भएको “म त पर्खेको पर्खै छु” बोलको म्युजिक भिडियोमा विशालको निर्देशकिय पाटो नियाल्न सकिन्छ। भिडियोमा समावेश गीतमा लोकप्रिय गायक देबेन्द्र बब्लुको मनछुने आवाज रहेको छ।
गीतमा देबेन्द्रकै शब्द अनि संगीत रहेको छ। प्रेम विछोडको पिडालाई गीतमा देवेन्द्रले कलात्मक तरिकाले शब्द मार्फत उतारेका छन् ।
सुन्दा अडियो जति मनछुने छ, भिडियोले झन हेर्ने जोकोहीको मन छुन्छ। छोडेर जाने प्रेमिकाको याद भुलाउन मदिराको सहारा लिने प्रेमीको कथालाई भिडियोमा देखाइएको छ।
हेर्दा सामान्य भिडियो लागेपनि, एउटा प्रेम पिडालाई उत्कृष्ट तरिकाले निर्देशक विशाल घिमिरेले भिडियोमा देखाएका छन् । भिडियोमा दिपसागर र रोश्नी कार्कीको अब्बल अभिनय देख्न सकिन्छ।
काठमाडौंको झम्सिखेल स्थित “द आर्टिस्टिक रेष्टुरेन्ट”मा भिडियोको छायांकन गरिएको छ। आकर्षक फ्रेममा अनिल के मानन्धरले भिडियो खिचेका हुन् । त्यस्तै, भिडियो सम्पादन गर्ने काम नवीन घर्तीमगरले गरेका छन् ।
सार्वजनिक भएको यो गीतलाई छोटो समयमै दर्शक स्रोताले अत्याधिक रुचाएका छन् । देबेन्द्र बब्लुको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई यो समाचार तयार पार्दासम्म करिब ४ दिनको अवधिमा ५ लाख ८३ हजार बढी पटक हेरिएको छ।
त्यस्तै, हजारौं सकारात्मक कमेन्ट यस् गीतले युट्युबमा पाएको छ। जहाँ गीतको अडियो भिडियो दुबैको तारिफ गरिएको छ। गीतलाई युट्युबमा मात्रै नभएर टिकटकमा समेत निकै रुचाइएको छ। हालसम्म लाखौं बढी भिडियो यस् गीतका विभिन्न अंशमा बनिसकेका छन् ।
“ब्ल्याक लाइट पिक्चर्स”नामक प्रोडक्सन हाउस संयुक्त रुपमा संचालन गर्दै आइरहेका देवेन्द्र र विशालले यस् भन्दा अघि संगै धेरै कामहरू गरिसकेका छन् । भिडियो..