काठमाडौं : पछिल्लो समयका लोकप्रिय सारङ्गी बाधक एवम् गायक हुन् हेमन्त कान्छा रसाइली । जसरी उनी सारङ्गी बजाउनमा अब्बल छन्, गाउन पनि उत्तिकै सिपालु छन् ।
हेमन्तले पछिल्लो समय सारङ्गी बजाउनुका साथै गायनलाई पनि अघि बढाइरहेका छन् । उनले गाएका थुप्रै गीत बजारमा छन् । जसमध्ये अधिकांश गीत दर्शक स्रोताले निकै रुचाएका छन् ।
हालैमात्र उनको नयाँ गीत रिलिज भएको छ। केही दिन अघि रिलिज भएको “काठमाडौं जिल्लैमा” बोलको गीतमा हेमन्तको सुमधुर आवाज सुन्न सकिन्छ। हेमन्तका अलवा लोकप्रिय गायिका मेलिना राइको पनि सुमधुर आवाज गीतमा सुन्न सकिन्छ ।
हेमन्तले गाएका यस अघिका गीतभन्दा यो गीत निकै पृथक छ। गीतको शब्द अनि संगीत हेमन्तले नै तयार गरेका हुन् । सुन्दा गीत निकै पृथक लाग्छ।
अडियोसंगै भिडियो पनि गजब बनेको छ। भिडियोमा विवेक खड्का, उज्ज्वल शर्मा, चुन्द्री लामा लगायतको आकर्षक डान्स देख्न सकिन्छ।
भिडियोका निर्देशक विवेक खड्का हुन् भने साजल घले कोरियोग्राफर हुन् । आकर्षक फ्रेममा अजय रेग्मीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका छन् । भिडियोको सम्पादन विवेक खड्काले नै गरेका छन् ।
भिडियो गायक हेमन्त कान्छा रसाइलीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..