काठमाडौँ : ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेको शो ‘द हरिहर अधिकारि शो’ आजबाट एपिवान टेलिभिजनमा प्रशारण आरम्भ भएको छ । अभिनेत्री निता ढुंगानाको निर्देशनमा तयार भएको शो को पहिलो सिजन तयार भैसकेको छ । पहिलो सिजनको पहिलो गेस्ट अनिल केशरी शाह हुन् ।
एपिवान टेलिभिजनमा हरेक सोमबार साढे छ बजे प्रासारण हुने यो शो को पहिलो सिजनमा १२ ओटा एपिसोड छन् । जसमा रेखा थापा, कोमल ओली, अनुराधा कोइराला, रविन्द्र मिश्र, जितु नेपाल, कुमार नगरकोटी, भुषण दाहाल, आकाश अधिकारि, क्याप्टेन विजय लामा रहेका छन् ।
विभिन्न क्षेत्रका गेस्टहरुको जीवनकाजीवनका उतारचाढब, संघर्ष र सफलताका कुराहरु यो शो मा हेर्न सकिने निर्देशक ढुंगानाको भनाई छ । भव्य देखिने सेटमा खिचिएको यो शो को लगानी पनि निकै महँगो रहेको प्रोडक्सन टिम बताउछन् ।
जे होस्, पछिल्लो समय अभिनेत्री निता ढुंगाना र ज्योतिष हरिहर अधिकारीको प्रेम चर्चा चलिरहदा उनीहरुले सहकार्य गरेर कामहरु पनि गरिरहेका छन् । द हरिहर अधिकारी शो पछि ‘भगवद गीता’को छायांकनको तयारि भैरहेको जानकारी छ । यतिबेला भारतमा ‘भगवाद गीता’को गीतहरु तयार भैरहेको छ ।