काठमाडौं : लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाज रहेको नयाँ गीत रिलिज भएको छ। केही दिन अघि रिलिज भएको “चट्ट चटनी” बोलको गीतमा समिक्षाको सुमधुर आवाज सुन्न सकिन्छ।
समिक्षाका अलवा गायक रमेश परियारको आवाज गीतमा रहेको छ। गीतको शब्द मधुसूदन डाँगीले लेखेका हुन् ।भने, संगीत सुजन लम्साल र मधुसूदन डाँगीको रहेको छ।
गीतको अडियो मेलोडियस अनि डान्सिङ प्याटर्नमा आधारित छ। त्यसो त, अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ।
भिडियोमा चक्र बम, समीक्षा केसी लगायतका कलाकारहरु फिचर्ड छन् । त्यस्तै, बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् ।भने, मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
गीत बाबा इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीतको प्रस्तुतकर्ता पनि बाबा इन्टरटेन्मेन्ट नै रहेको छ। भिडियो..