नायिका रेखा थापाद्वारा राप्रपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौं । राप्रपाको महामन्त्री पदमा नायिका रेखा थापाले उम्म्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीका शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । थापाले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् ।

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

TOP