
नेपालगन्ज : रोयल डान्स प्रालिको आयोजनामा सम्पन्न हुन गईरहेको “डान्स बाँके डान्स”को मेगा राउन्डको लागि सय जना भिड्ने भएका छन् ।
यस् क्षेत्रकै ठूलो राशि सहितको डान्स प्रतियोगितामा मेगा राउन्डमा धनगढी, राजापुर, गुलरिया, कोहलपुर र नेपालगन्जमा भएको प्रथम चरणको अडिसनबाट मेगा राउन्डको लागि सय जना छानिएको आयोजक टिमले जनाएको छ।
आयोजकका अनुसार मेगा राउन्ड यहीँ मंसिर १४ गते मंगलबार नेपालगन्जको सिएसटी होटलमा सम्पन्न हुनेछ। मेगा राउन्डबाट फिनालेको लागि छानिएका प्रतिस्पर्धीहरुले पौष ३ गते फाइनल प्रतिस्पर्धा गर्नेछन् ।