नेपालगन्ज : लोकप्रिय गायिका ज्योति मगरले “स्टेशन” रेस्टुरेन्टको नेपालगन्ज फ्रेन्चाइज “स्टेशन नेपालगन्ज”को उद्घाटन गरेकी छिन् । पोखरा र बुटवलमा आफ्नो फ्रेन्चाइज विस्तार गरिसकेको “स्टेसन” टिमले बिहीबार गायिका ज्योति मगरद्वारा नेपालगन्ज बागेश्वरी हल रोड नजिक “नेपालगन्ज स्टेशन”को उद्घाटन गराएको हो।
उद्घाटन पश्चात् गायिका ज्योति मगरले संचालक टिमलाई शुभकामना दिँदै आफुले यसरी काठमाडौं बाहिर रेष्टुरेन्टको उद्घाटन गरेको अनुभव पहिलो रहेको बताइन् ।
नेपालगन्जमा रहेका रेष्टुरेन्टको भिडमा फरक पहिचान बनाउने उदेश्यले करिब ६० लाख माथिको लगानीमा नेपालगन्जमा “स्टेसन”को स्थापना गरिएको संचालक टिमका सदस्य स्यारोन रेग्मीले बताए ।
संचालक रेग्मीका अनुसार नेपालगन्जका अन्य रेष्टुरेन्ट भन्दा एकदम सुलभ दरमा फास्टफुड ग्राहकले स्वादिष्ट स्वादमा खान पाउनेछन् ।
“ग्राहकले हाम्रो स्टेसन नेपालगन्ज रेष्टुरेन्टमा १ सय रुपैयाँमा टन्न खाजा खान सक्छन् ।”, पत्रकारसँग कुरा गर्दै संचालक सदस्य आयुष श्रेष्ठले भने, “हाम्रो उदेश्य सबै बर्गका ग्राहकहरुले टन्न खाजा खान सकुन् भन्ने हो। आजभन्दा १६ वर्ष अघि हामीले एउटा ठेलाबाट स्टेशनको सुरुवात गरेका थियौं । अभाव पनि धेरै भोग्यौँ। त्यसैले सुलभ दर हामीले निर्धारण गरेका छौँ । विभिन्न जन्मदिन पार्टी पनि मज्जाले सस्तो दरमा मनाउन सकिन्छ। ग्राहकले विभिन्न आर्टहरु पनि यहाँ अवलोकन गर्न पाउनेछन् ।”
साथै, संचालक टिमले बिस्तारै नेपालका प्रमुख शहरमा “स्टेशन”को फ्रेन्चाइज स्थापन गर्ने योजना रहेको जनाएको छ।