काठमाडौं : पछिल्लो समय नेपाली गीत संगीतमा मौलिक गीत प्रायः कमै रिलिज हुने गर्छन् । गीत संगीत आधुनिकरण हुँदै गईरहँदा प्राय कलाकारहरु पनि आधुनिकता तिर ढल्केको पाइन्छ।
तर लोकप्रिय गायक राजु गुरुङ र दिपा गुरुङको आवाजमा रहेको एउटा नयाँ मौलिक गीत भने केही दिन अघि रिलिज भएको छ। रिलिज भएको “गुन्द्री चकटी” बोलको मौलिक गीतमा राजु र दिपाको सुमधुर आवाज सुन्न सकिन्छ। गीतमा चन्द्र परियारको शब्द रहेको छ भने रमेश परियारको संगीत रहेको छ।
गीतमा समाबेश शब्दहरू निकै मौलिक छन् । गाउँघरमा बोलिने ठेट मौलिक शब्दहरुलाई गीतमा समाबेश गरिएको छ। त्यसो त, गीतको मेलोडी पनि नितान्त पृथक एवम् मौलिक लाग्छ। राजु र दिपाको गायिकी पनि गीतमा मिठायुक्त सुनिएको छ।
गीत सुन्दा जति मौलिक लाग्छ भिडियो झन मौलिक अनि आकर्षक लाग्ने गर्छ। दिनभरको थकान मेट्न गाउँघरमा साँझको समयमा अबेरसम्म बसेर गरिने रमाइलो नाचगानको परिदृश्यलाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ। भिडियो पनि गाउंमै खिचिएको छ।
बिनोद श्रेष्ठ,अनिल गुरुङ, राजु गुरुङ, रमेश परियार, बबिन सिंह ठकुरी, सलिना बुढाथोकी, माया राम्जाली, चित्रा पुन लगायतका कलाकारलाई भिडियोमा देख्न सकिन्छ। भिडियोका निर्देशक याम गुरुङ हुन् ।
आकर्षक फ्रेममा दुर्गा पौडेलले खिचेको भिडियोलाई मेक बहादुर थापाले सम्पादन गरेका हुन् । गीत गायिका दिपा गुरुङको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..