काठमाडौं : पछिल्लो समय डिजिटल माध्यम युट्युबको प्रयोग निकै बढ्दो छ। कतिपयले युट्युबलाई मनोरञ्जनको माध्यम मात्रै बनाएका छन् त, कतिपयले सदुपयोग गरेर व्यवसायिक पनि गराएका छन्
तर पछिल्लो केही वर्षयता विश्वभर लगायत नेपालमा पनि युट्युवको क्रेज ह्वात्तै बढेको छ। अझ नेपाली सांगीतिक क्षेत्रमा त युट्युबको प्रयोग व्यापक छ भन्दा फरक नपर्ला। किनकी हरेक कलाकारले आफ्नै युट्युब च्यानल संचालनमा ल्याएको पाइन्छ।
यस्तै, नेपाली प्रत्यक्ष दोहोरीको संरक्षण ,सम्बर्द्धन अनि प्रचारप्रसारको लागि “प्रेमिका रोधिघर” संचालनमा ल्याएका छन् । प्रत्यक्ष दोहोरी गाउन सक्ने जोकोही कलाकारलाई विशेष स्थान दिने उद्देश्यले “प्रेमिका रोधिघर” युट्युबमा सार्वजनिक हुनेगरी संचालनमा ल्याएको प्रेम बताउँछन् ।
प्रेमले फिल्मीपत्रकर्मी संग कुराकानी गर्दै भने, “त्यसो त,पछिल्लो समय युट्युबमा प्रत्यक्ष दोहोरीको नाममा विकृति नभएका भने होइनन् । तर, दोहोरी गाउन सक्ने कलाकारलाई उचित स्थान, स्रष्टा सर्जकलाई विशेष रोयल्टी दिने प्रावधान सहित मैले युट्युबमा सार्वजनिक हुनेगरी प्रेमिका रोधिघर संचालनमा ल्याएको हुँ। लोक पारखी एवम् प्रत्यक्ष दोहोरी पारखीले अब ‘प्रेमिका रोधिघर’ नामक युट्युब च्यानलमा गएर हरेर हप्ता सभ्य तरिकाका दोहोरी शृङ्खला सुन्न अनि हेर्न पाउनुहुनेछ।”
प्रेमका अनुसार प्रत्येक हप्ता दर्शक स्रोताले नयाँ नयाँ दोहोरी शृङ्खला सुन्न अनि हेर्न पाउनेछन् । विगत ४ वर्षदेखि आफ्नै युट्युव च्यानलमा आफ्ना गीत संगीतहरु सार्वजनिक गर्दै आएतापनि प्रत्यक्ष दोहोरीको लागि बिलकुल नयाँ युट्युब च्यानल सुरु गरेको प्रेमले बताए।
अहिले सुरुमै युट्युवमा व्यवसायीकता नहेरेको उनी बताउँछन् । “प्रत्यक्ष दोहोरीका शृङ्खला निर्माण गर्दा लनागी र लाग्छ नै’ , प्रेमले भने, “लगानी भएपनि सुरुमा मैले प्रतिफललाई हेरेको छैन। प्रत्यक्ष दोहोरीलाई विस्तारिकरण गर्ने मेरो प्रमुख लक्ष्य हो। दर्शक स्रोताले माया गर्दै जानुभयो र प्रेमिका रोधीघर च्यानलमा अपलोड भएका दोहोरी भिडियो रुचाउँदै जानुभयो भने धेरथोर आम्दानी पनि होला त्यो बेग्लै पाटो भयो।”
“प्रेमिका रोधिघर” संचालनमा ल्याए संगै पहिलो शृङ्खला पनि युट्युबमा सार्वजनिक गरिएको छ। दोहोरी च्याम्पियनका विजेता लोकप्रिय गायक प्रकाश पराजुली, गायिका टीका सानू, गायक वसन्त विश्वकर्मा, गायिका शिला आले लगायतका कलाकारहरुबीचको रिले दोहोरी पहिलो शृङ्खलामा समाबेश गरिएको छ। नयाँ युट्युब च्यानल भएपनि राम्रो भ्युज मिलेको छ। दर्शकको प्रतिक्रिया पनि सकारात्मक मिलेको छ युट्युबमा।
प्रत्यक्ष दोहोरीको च्यानल संचालनमा ल्याईरहँदा बीचबीचमा आफ्नो सृजना र आवाजका गीतहरू पनि दर्शक स्रोता माझ ल्याउने प्रेमको योजना छ।
त्यसो त, प्रेम हाल जापानमा छन् । विगत लामो समयदेखि जापान बस्दै आएका प्रेमले आफ्नो कामसंगै गीत संगीतलाई पनि निरन्तर अगाडि बढाइरहेका छन् । बसाई जापन भएपनि प्रेमको तनमन नेपाली गीत संगीतमै हुनेगर्छ। प्रेमको आवाज अनि सृजना रहेका सयौं गीत बजारमा छन् । जसमध्ये दर्जनौं बढी गीत दर्शक स्रोतामाझ निकै लोकप्रिय पनि छन् ।
“जाले रुमाल”, “आँशुको मूल्य”, “यस्तै छ बाबा”, “मुटु बैना”, “बालापन”, “बरमाला”, “बाहिर कुरा नगरे सैंले”, “आइफोनको रुख” लगायतका दर्जनौं गीत प्रेमका लोकप्रिय गीतहरूमा पर्छन् ।