
अमिताभ बच्चन र अभिषेक बच्नपछि अब ऐश्वर्या राय र आराध्या बच्चन पनि अस्पताल भर्ना भएका छन्। उनीहरुलाई नानावती अस्पताल लगिएको हो। स्वासप्रस्वासमा समस्या देखिएपछि आमा र छोरी दुवैलाई अस्पताल लगिएको हो।
अमिताभ र अभिषेक कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए। कोरोना भाइरसको संक्रमण देखिएपनि ऐश्वर्या र आराध्या भने होम आइसोलेसनमा थिए।
उपचारमा रहेका अमिताभ बच्चन भने लगातार सामाजिक सञ्जालमा सक्रिय छन्। उनले आफ्ना फ्यानहरुलाई धन्यवाद प्रकट गरिरहेका हुन्छन सामाजिक सञ्जालबाट।