कलाकार दीपा श्री निरौलाले गरिन् छ्ठी माताको पूजा (फोटो फिचर)

काठमाडौं : लोक आस्थाको पर्वको रूपमा प्रसिद्ध छठ पर्वको तेस्रो दिन बुधबार अस्ताउँदै गएको सूर्यदेवलाई अर्घ्य दिइएको छ ।

सोमबारदेखि विधिवत् रूपमा सुरु छठ पर्वको तेस्रो दिन ब्रतालुभक्तजनले नदी, तलाउ, पोखरी तथा जलाशयमा घण्टौं उभिएर सूर्यदेवलाई अर्घ्य दिएका छन् ।

यसैबीच, कलाकार तथा निर्देशक दीपा श्री निरौलाले पनि छठ पूजा गरेकी छिन् । उनले बिराटनगर स्थित तलाउमा बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेकी हुन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा सम्पन्न गरिसकेपछी दीपाले सामाजिक संजाल फेसबुकमा समेत तस्वीर सार्वजनिक गरेकी छिन् ।

तस्वीरमा हेर्नुहोस दीपा श्रीको छठ पूजा..

प्रतिक्रिया

TOP