
काठमाडौं : करिब २ वर्षदेखि ठप्प रहेका फिल्महलहरु यतिबेला दर्शकले भरिभराउ छन् । बलिउड फिल्म “सुर्यवंशी” यतिबेला नेपालका अधिकांश हलमा प्रदर्शनरत छ।
प्रदर्शन भएको दिनदेखि नै दर्शकको अत्याधिक साथ सुर्यवंशीले पाइरहँदा नेपाली फिल्म निर्माताहरुले पनि प्रदर्शन मिति तोकिरहेका छन् । यसैबीच, नयाँ फिल्म “चपली हाइट ३” को पनि प्रदर्शन मिति तोकिएको छ।
निकेश खड्का निर्देशित उक्त फिल्म आगामी पौष २ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले आधिकारिक जानकारी दिएको छ। प्रदर्शन मिति तय गरेसंगै निर्माण टिमले यतिबेला प्रत्येक हलहरुमा समेत टिजर बजाउन सुरु समेत गरेको छ।
फिल्ममा लोकप्रिय नायिका स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ।
फिल्म सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको बताइएको छ।
यस् भन्दा अघिका २ सिरिजलाई अत्याधिक रुचाएका दर्शकले तेस्रो सिरिजलाई कत्तिको रुचाउँछन् , त्यो त प्रदर्शन मिति नै कुर्नुपर्ने हुन्छ।