
काठमाडौं : नेपाली हिन्दुहरुको दोस्रो महान चाड तिहारको बिहीबार दोस्रो दिन। हिजो जोज (बिहिबार ) विहान गौमाता अर्थात गाइलाई पूजा आजा गरियो भने साँझ धनकी देवी लक्ष्मीलाई विशेष पूजा आराधना गरि घरघरमा लक्ष्मी भित्र्याइयो।
थरिथरिका रंगोली बनाइ लक्ष्मीलाई भित्र्याइने आजको दिन देश विदेशमा रहेका नेपालीले हर्सोल्लासका साथ लक्ष्मी पूजा गरि मनाए।
यसैबीच, नेपाली सेलिब्रेटीहरुले पनि लक्ष्मी पूजा गरि हिजोको दिन मनाएका छन् । लोकप्रिय नायिका रेखा थापा, नायिका केकी अधिकारी, गायक प्रमोद खरेल, मोडल रियाशा दाहाल, निर्देशक सुदर्शन थापा, नायिका श्वेता खड्का, नायिका निता ढुंगाना, नायिका श्रदाश्री क्षेत्री लगायतका अधिकांश नेपाली कलाकारहरुले लक्ष्मी पूजा गर्दै गरेको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।
त्यस्तै, नायिका श्वेता खड्काले पनि आफ्नो दोस्रो विवाह पछिको पहिलो लक्ष्मी पूजा उत्साहित तरिकाले गरेकी छिन् । श्वेताले आफ्ना श्रीमानसंग यो पटकको लक्ष्मी पूजा सम्पन्न गरेकी छिन् ।
सम्पुर्णलाई तिहारको शुभकामना दिँदै श्वेताले गरेको लक्ष्मी पूजा तस्वीरमा हेर्नुहोस..