काठमाडौं : होटल र्याडिसन काठमाडौंमा मंगलबार सम्पन्न भएको तेस्रो अन्तराष्ट्रिय म्यूजिक अवार्ड २०७८ को पुरुष मोडलको अवार्ड कलाकार धुर्व हिमाली ले जितेका छन् ।
“फूलको बासना” नामक लोकदोहोरी गितमा अन्जली अधिकारीसँग उनले निकै राम्रो नृत्य र अभिनय गरेका छन् । सोही गीतबाट उनले यो अवार्ड हात पारेका हुन् । १ दशक भन्दा बढी समय यही क्षेत्रमा खर्चेका हिमालीले करिव ३०० जति म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् , भने करिब ४ दर्शन भन्दा बढी म्यूजिक भिडियोमा उनले निर्देशन गरिसकेका छन् ।
निकै राम्रो नृत्य र त्यस्तै राम्रो अभिनय गर्ने हिमाली अहिलेका यूवा पुस्ताको चौपट्टै रोजाईमा पर्न सफल भएका छन् । हिजो अडियोको समयमै कार्यक्रम प्रस्तोता र मोडलको रुपमा आफ्नो पहिचान बनाएर सफलता हाँसिल गरिसकेका हिमाली अहिले अझैं धेरैको रोजाईँको कलाकार बन्न सफल भएका छन् ।
सानै उमेरदेखि पढाईमा तिक्ष्ण र बुबा घरमै शिक्षक भएपनि पढाईलेखाईमा भन्दा पनि कलाकारितामा रुचिले तानेर कक्षा १२ सम्मको अध्ययन सुर्खेतबाटै सकेर काठमाडौं आई म्यूजिक भिडियो खेल्न शुरु गरेको उनी बताउँछन् । यो भन्दा पहिले पनि उनले उत्कृष्ट मोडल र निर्देशकमा थुप्रै अवार्ड हात पारिसकेका छन् ।
हिजो एक समय थियो जुन समयमा उनले हिमसम्झौता डिजिटलबाट कार्यक्रम प्रस्तोता र मोडलको राम्रो पहिचान बनाएर सफलता हाँसिल गरेका थिए । तर उनी भन्छन् हिजो जुन प्रकारको सफलता थियो। त्यसले आजसम्म हामीलाई पुग्दैन अहिले पनि उतिकै मेहनत र सङ्घर्ष गरेर काम गरिरहेको उनी बताउँछन् ।
अब झन धेरै मेहनत र राम्रो गर्नुछ उनी बताउँछन् । यस्ता अवसरहरुले दिएका खुशीले जो कोहीलाई पनि उर्जा दिन्छ र म पनि धेरै उत्साही छु जिम्मेवारी बढेको महशुस गरेको छु उनी भन्छन् ।