नेपालगन्ज : नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा दिनप्रतिदिन नयाँ तीज गीतहरू बजारमा सार्वजनिक भइरहेका छन् ।
यसैक्रममा गायिका मधु क्षेत्रीको बिल्कुलै पृथक शैलीको तीज गीत सार्वजनिक भएको छ। बिहिवार सार्वजनिक “काइयो र ऐना” बोलको गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको सुमधुर आवाज रहेको छ। गीतमा खेम सेन्चुरीको लय रहेको छ भने नेत्र अर्यालको शब्द रहेको छ।
गीतको अडियिसंगै भिडियो पनि एकदम उत्कृष्ट बनेको छ । भिडियोमा पछिल्लो समयकी चर्चित डान्सर रुबिना अधिकारी र अन्जली अधिकारीको धमाकेदार डान्स रहेको छ। भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।
गीतको भिडियो खेम सेन्चुरीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..