नेपालगन्ज : नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा धमाधम तीह गीतहरु सार्वजनिक भइरहेका छन् । कतिपय गीतले बिकृती फैलाइरहेका छन् त कतिपय गीतले मौलिक पनलाई समेटेका छन् ।
यसैक्रममा, मौलिक पन बोकेको एउटा तीज गीत सार्वजनिक भएको छ। सार्वजनिक “बुहारी ३” बोलको गीतमा चर्चित गायक मानसिङ खड्का, गायिका टीका सानू, करिष्म घर्ती र धनमाया नेपालीको आवाज रहेको छ। गीतमा टीका सानुको शब्द रहेको छ भने लय संकलन मानसिङले गरेका छन् ।
ग्रामीण भेगको सामाजिक यथार्थ कथालाई गीतमा समाबेश गरिएको छ। गीतका शब्द एकदम मन छुने छन् । टीका सानू युटुब च्यानलबाट सार्वजनिक उक्त गीत २४ घण्टा भित्रै युटुबको ट्रेन्डिङमा पर्न सफल भएको छ। यो समाचार तयार पार्दासम्म उक्त गीत युटुबको ट्रेन्डिङ नम्बर २३ मा रहेको छ। गीतलाई एकदम राम्रो प्रतिक्रिया मिलेको छ।
अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा रम थपलिया, टीका सानू, दिपाशा बिसी, मानसिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।
भिडियोलाई मनसिङले नै निर्देशन गरेका हुन् । त्यस्तै, भिडियोलाई सागर गौतमले खिचेका हुन भने राजकुमार मगरले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो..