काठमाडौं : गत वर्ष लकाडाउनमा रिलिज भइ सर्वत्र चर्चा कमाएको गीत हो “छेउछेउमा” बोलको गीत। प्रबिन भट्टको
शब्द, संगीत अनि स्वर रहेको उक्त गीतलाई दर्शक स्रोताले निकै रुचाए। सामाजिक संजाल टिकटकमा पनि लाखौं भिडियो बने। जुन गीतले प्रबिनलाई एउटा गायक भनेर चिनायो।
त्यसो त, प्रबिन एक अब्बल अनि लोकप्रिय म्युजिक भिडियो सम्पादक हुन् । नेपाली सांगीतिक क्षेत्रमा उनलाई कुशल सम्पादक भनेर चिनिने गरिन्छ। तथापि गायनलाई पनि उनले निरन्तरता दिइरहेका छन् । जुन गायन क्षमताले प्रबिनको थप पहिचान दिएको छ।
त्यसै अनुरुप, प्रबिनले यस् वर्ष “छेउछेउमा”को सिक्वेल बजारमा ल्याएका छन् । दर्शक स्रोताको अत्याधिक पर्खाइमा रहेको उक्त गीत “भिडियो भकारी” नामक युट्युब च्यानलबाट आइतबार रिलिज भएको हो। छेउछेउमाको दोस्रो भागलाई “कल्ले देला वर” नामाकरण गरिएको छ।
गीतमा प्रबिनकै धमाकेदार आवाज रहेको छ। गीतमा हरि गिरी ‘विमर्शी’को शब्द अनि संगीत छ। गीतको अरेन्जमेन्ट एचबिएन किस्मतले गरेका छन् । गीतको अडियो बबाल लाग्नेगर्छ। प्रबिनको गायिकी पनि उत्कृष्ट सुनिएको छ।
गीतको अडियो जति धमाकेदार सुनिएको छ, भिडियो झन दमदार अनि आकर्षक बनेको छ। भिडियोमा लोकप्रिय कलाकार हरिष निरौला ‘कक्रोज’, उषा उप्रेती , पृयणा आचार्य ‘मुन्नी’ लगायतका कलाकारहरुको गजब अभिनय सहित दमदार डान्स देख्न सकिन्छ।
त्यसो त प्रबिन र अर्को कलाकार श्रेया सिटौला पनि भिडियोमा रहेका छन् । स्पेशल रोलमा प्रबिन र श्रेयालाई भिडियोमा देखाइएको छ। भिडियोका निर्देशक मौसम हिमाली हुन् ।
आकर्षक फ्रेम अनि लोकेशनमा अजय रेग्मीले खिचेको भिडियोलाई प्रबिन स्वयंले नै सम्पादन गरेका छन् भने भिडियोको कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका हुन् । भिडियो..