
म्युजिक भिडियो निर्देशक मोहन राज अधिकारीको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यो भिडियोमा मनिषा बजगाईँ र सन्तोष पन्तले रोमान्स गरेका छन्। विशाल अर्यालले भिडियोको स्टोरी तयार पारेका हुन्।

‘चन्चल यो मन’ बोलको गीतमा मनिषाकै स्वर सुन्न सकिन्छ।मनको आनन्दले लेखेको गीतलाई काली प्रसाद बास्कोटाले संगित दिएका हुन्। यता, भिडियोलाई धन योन्जन तामाङले खिचेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन्।
भिडियो यस्तो छ :-