नेपालगन्ज : नेपालगन्जमा रहेको क्युएफएक्स सिनेमाज बागेश्वरीले आफ्नो पाँचौ वर्ष पार गरि छैठौं वर्षमा प्रवेश गरेको छ।
स्थापना कालको चार वर्षसम्म दर्शकहरुको अत्याधिक मन जित्न सफल क्युएफएक्सले गएको वर्ष भने दर्शकको मन जित्न सकेन। जितोस पनि कसरी, कोभिडका कारण चलचित्रहरु प्रदर्शन हुन नै पाएनन् । जुन अवस्था अहिले पनि यथावत नै छ।
कोभिडका कारण नयाँ चलचित्र बन्न नै पाएनन् । बन्नु त के, बनेका चलचित्र पनि त्यतिकै थन्किएका छन् । जुन कुराले निर्माता, कलाकार, एवं चलचित्रकर्मीसंगै दर्शकहरुमा समेत नैराश्यता छाएको छ।
खैर परिस्थितिले जे जस्तो अवस्था निम्त्याए पनि बिहिवारबाट यस् क्युएफएक्स सिनेमाज बागेश्वरीले आफ्नो पाँचौ वर्ष पार गरि छैठौं वर्षको यात्रा सुरु गरेक हो। अत्याधुनिक प्रविधिले निर्माण भएको उक्त क्युएफएक्समा ३ सय ८५ जना र २ सय ९० जना अटाउने गरि सुबिधा सम्पन्न दुई हलहरु रहेका छन ।
स्वच्छ र सुरक्षीत वातावरण , दर्शकमैत्री कर्मचारी र आरामदायी सिटमा टुके र थ्रीडी क्षमताको पर्दामा सिनेमा हेर्न पाउँदा दर्शकहरू एकदम सन्तुष्ट रहेको क्युएफएक्स टिमले जनाएको छ। नेपालगन्जमा सन २०१६ अगष्ट १२ तारिखको दिन क्युएफएक्सको स्थापना भएको थियो।