
नेपालगन्ज : पछिल्लो समयका डिमान्डेड एवं चर्चित नायक हुन् प्रदीप खड्का। चकलेटी लुक्स अनि अब्बल अभिनयका कारण चलचित्र निर्माता अनि दर्शकको प्रमुख रोजाइमा पर्ने प्रदीप बिहीबार नेपालगन्ज आएका थिए। हेर्नुस् भिडियो
प्रदीप टिभिस एनटर्क १२५ स्कुटरको उद्घाटन गर्न नेपालगन्ज आइपुगेका हुन् । त्यसो त प्रदीप टिभिएस नेपालका ब्राण्ड एम्बेसेडर पनि हुन् । सोही अनुरुप नेपालगन्जको ग्रेस एण्ड ग्लोबल ट्रेडिङले बिहिबारदेखि बिक्री शुभारम्भ गरेको टिभिस एनटर्क १२५ स्कुटरलाई प्रदीपले उद्घाटन गरेका हुन् ।
उद्घाटन पश्चात् प्रदीपले सेवाग्राही संग अन्तरक्रिया पनि गरेका थिए। टिभिएस ब्रान्ड राम्रो भएकोले आफू टिभीएस ब्रान्डको स्कुटर चढ्ने गरेको पनि बताएका थिए। त्यसो त, प्रदीपलाई हेर्न आउने फ्यानहरुको घुँइचो पनि बाक्लो थियो।