काठमाडौँ : ‘ड्रीम हाइ नेपाल’ले ‘नेपाल मिडिया अवार्ड २०७८’ गर्ने भएको छ। सबै विधाका पत्रकारको सम्मान र हौसलाको लागि गर्न लागिएको भनिएको अवार्ड मंसिरको पहिलो साता हुने ड्रीम हाइ नेपालका फाउन्डर कमल जिसिले बताएका छन्।
भदौमा आवेदन फारम खुल्ला गरेर असोजमा अवार्डको नोमिनेसन समेत सार्वजनिक गरिने कमलले रजतपट अनलाईनलाई बताए। राजधानिमै सम्पन्न हुने अवार्डमा विभिन्न माध्यमका, विभिन्न बिटका पत्रकारलाई लगभग ३५ विधामा अवार्ड दिईने कमलको भनाई छ।
अवार्डमा मनोनीत भएकाहरुलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरेर अवार्ड दिइने छ। अवार्डमा सहभागी हुन चाहाने पत्रकारले ‘ड्रीम हाइ नेपाल’ले खुल्ला गरेको आवेदन फारम भर्नुपर्ने कमलले बताएका छन्। फारम भरेर निर्णायकले छनोट गरेपछी मनोनयन सार्वजनि हुनेछ।
यता, अवार्डको तयारी तिब्र गतिमा भैरहेको कमलले जानकारी गराएका छन्। कमल भन्छन्-‘हामिले तोकेको समयमा नै अवार्ड गर्नका लागि हामिले काम सुरु गरिसकेका छौँ। अब अवार्ड रोकिने र सर्ने कुनै संभावना छैन।’
जे होस, पत्रकारका लागि गर्न लागिएको यो अवार्डले बर्षौँ देखि काम गरिरहेको पत्रकारको सम्मान र नयाँ पत्रकारको प्रोत्साहन भने हुन सक्छ। ड्रीम हाइ नेपालले अघिल्लो बर्ष मात्र नेफ्टा अवार्ड सम्पन्न गरेको थियो। ठुला ठुला कार्यक्रम गरिरहेको ‘ड्रीम हाइ नेपाल’ले यो अवार्ड पनि धुमधामका साथ गर्ने कमलको योजना छ।