
काठमाडौं : प्रेमिला गीत सृजना गर्न अब्बल क्षमता भएका युवा सर्जक हुन् ज्ञानेन्द्र गिरी। प्रेम, रोमान्स अनि मेलोडियस प्याटर्नका गीत लेख्न र संगीत भर्न खप्पिस सर्जक गिरीले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका छन् । थोरै तर उत्कृष्ट काम गर्न रुचाउने गिरीले लेखेका र संगीत भरेका अधिकांश गीतहरू दर्शक स्रोताले रुचाएका छन् ।
यसैबीच, सोमबार ज्ञानेन्द्रकै नयाँ सृजना बजारमा रिलिज भएको छ। गिरीले शब्द अनि संगीत भरेको “जिउनु छ साथमा” बोलको गीत “ओएस आर डिजिटल”को अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीतमा लोकप्रिय गायक प्रताप दास र लोकप्रिय गायिका अस्मिता अधिकारीको सुमधुर आवाज रहेको छ। गीतलाई अहिलेका व्यस्त अनि चर्चित म्युजिक अरेन्जर विशाल निरौलाले अरेन्ज गरेका हुन् ।
गीत निकै मेलोडियस लाग्ने गर्छ। झट्ट सुन्दा चलचित्रको गीत होकि जस्तो लाग्छ। त्यसो त, अडियोले मात्रै होइन भिडियोले पनि चलचित्रको गीत जस्तो आभाष दिने गर्छ। गीतको भाव अनुसार भिडियो बनाइएको छ।
भिडियोमा लोकप्रिय नायक पुष्प खड्का र मोडल प्रकृति घिमिरे फिचर्ड छन् । पुष्प र प्रकृति रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् भिडियोमा। उसो त, भिडियोमा पुष्प र प्रकृतिको केमिस्ट्री गजब देखिएको छ। एउटा प्रेमिल जोडीको आभाष हुन्छ, भिडियोमा पुष्प र प्रकृतिलाई हेर्दा।
भिडियोलाई सुलेमान शंकर “इकु”ले निर्देशन गरेका हुन् । भिडियोको छायांकन विभिन्न आकर्षक लोकेशनमा गरिएको छ। आकर्षक फ्रेममा भिडियोलाई पवन सुश्लिङ्ले खिचेका हुन् ।भने, सन्देश शाहले सम्पादन गरेका हुन् । भिडियो :-