
चलचित्र ‘हिरो’ रेखा थापाले अभिनय गरेको पहिलो चलचित्र हो । पहिलो चलचित्रबाटै वाहवाही कमाएकी रेखालाई आज ‘हिरोइन’होइन ‘हिरो’ को रूपमा चिन्छन् दर्शकहरू ।
पोष्टरमा महिला पात्रको एकल तस्बिर राखेर पनि चलचित्र चलाउन सकिन्छ भन्ने गतिलो उदाहरण हुन् रेखा थापा ।
चलचित्र बिधा बाहेक अन्य क्षेत्र र बिधाका बारेमा पनि ज्ञान भएकी रेखा थापा नयां पुस्ताका लागि ‘आइडियल’ हुन् भन्दा फरक नपर्ला ।
हिरोमाथि भर परिरहेको नेपाली चलचित्र बृत्तमा रेखाको आगमनसंगै त्यो परम्परा तोडिएको थियो । पुरा चलचित्रलाई एक्लै काँधमा बोकेर सफल बनाउन सक्ने हैसियतकी अभिनेत्री,निर्माता तथा निर्देशक हुन् रेखा थापा ।
आमा बुबाको चुम्बनलाई नै पहिलो चुम्बन मान्ने रेखा थापालाई पहिलो स्कूलको बारेमा प्रश्न सोध्दा उनले भनिन् ‘बिराटनगरको बिराट चोकमा रहेको द राइजिंग स्कूल नै मेरो पहिलो स्कूल हो । आज पनि स्कूलका रमाईलो क्षण सम्झंदा आनन्द लागेर आउँछ ।’ किरण केसी ‘राता मकै’ ले संयोजन गर्नु भएको मलेसियाको कार्यक्रमबाटै रेखाले पहिलो पहिलोपटक बिदेश गएको अनुभब बटुलेकी रहिछन ‘त्यो कार्यक्रममा सहभागि हुन मलेसिया जाँदा किरण केसी दाईले पारिश्रमिक दिनु हुँदा म तिन छक्क परें । पैसा पनि नसोचेको पाएपछि दंग नपर्ने कुरै भएन’ रेखाले भनिन् ।
मिस कोशी भएपछी एक टुथ पेष्टको बिज्ञापनमा काम गर्दा पाएको बीस हजÞार नै रेखाले जिबनमा पहिलो पटक कमाएको कमाई थियो । पहिलो दिनको शुटिंङमा राजेश हमालसंग दृश्य पर्दा शुरूमा निकै नर्भस भइन रेखा । भन्छिन ‘ उहाँ जस्तो लिजेण्टसंग संगै काम गरिएला जस्तो सोचेकै थिइन । नसोचेको कुरा हात पर्दा नर्भस नहुने त कुरै भएन’ उनले भनिन् । कुराकानीको क्रममा रेखाले आफूले हलमा गएर हेरेको पहिलो फिल्म ‘दुई थोपा आंशु’ हो भने पहिले खाएको पिटाइको बारेमा कुरा गर्दा रेखाले सटिक जबाफ दिइन –‘ मैले अहिलेसम्म कसैको पिटाई खाएको छैन, बरू पिटेको छु।’ साभार : एनआरएन मिडिया