
काठमाडौं : दर्शक स्रोताको निकै प्रतिक्षामा रहेको पछिल्लो गीत हो “भण्डारीको गोठ” बोलको गीत। गीतको टाइटल नै अलि अनौठो लाग्ने भएकोले होला रिलिज पुर्व नै यस् गीतलाई लिएर दर्शक, स्रोता एवम् कलाकारिता क्षेत्रका अधिकांश व्यक्तिहरु निकै उत्साहित भएका थिए। अन्ततः त्यो कौतुहल्ता सकिएको छ।
गीत मंगलबार मात्रै रिलिज भएको छ। लोकप्रिय सर्जक तथा गायक हरि गिरी ‘बिमर्शी’को शब्द अनि संगीत रहेको गीतमा हरिकै दमदार स्वर सुन्न सकिन्छ। हरिलाई गायनमा अर्की चर्चित गायिका बबिना किरातीले साथ दिएकी छिन् । गीतको अरेन्ज र मिस्किङ एचबिएन किस्मतले गरेका हुन् । बजारमा रिलिज भइरहेका गीतहरू मध्ये यो गीत निकै पृथक छ। सुन्ने जोकोहीलाई अडियो पक्ष निकै उत्कृष्ट लाग्ने गर्छ। त्यसो त हरिले थोरै तर अब्बल गीत सृजना गर्ने अनि गाउने गर्छन् ।
सुन्दा जति दमदार लाग्छ, भिडियो हेर्दा झन आकर्षक लाग्छ यस् गीतको। भिडियोमा लोकप्रिय नायक पल शाह र मोडल गरिमा शर्मा प्रमुख भुमिकामा फिचर्ड छन् । पल र गरिमाका अलवा निक्स शर्मा, अनिता बस्नेत लगायतका कलाकारहरु पनि भिडियोमा रहेका छन् ।
पल र गरिमाको डान्स भने निकै आकर्षक लाग्छ। यो भिडियोको लागि पल र गरिमाले गरेको मिहेनत भिडियोमा देखिन्छ। पल र गरिमाको दमदार डान्सले हेर्ने जोकोहीको ध्यान अन्त्यसम्म केन्द्रित पार्छ। त्यसो त, निर्माण टिमले कुनै कुरामा कमि नगरेको आभाष हुन्छ भिडियो हेर्दा।
भिडियोको परिकल्पना , कोरियोग्राफी अनि निर्देशन मौसम हिमालीले गरेका हुन् । मौसमको पनि निकै मिहेनत देखिन्छ भिडियोमा। पल र गरिमालाई गजब तरिकाले नचाएका छन् मौसमले। त्यस्तै, आकर्षक फ्रेममा अजय रेग्मीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियो इनेपाल खबरको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो।
रिलिज पश्चात् सोचेभन्दा पनि राम्रो अडियो भिडियो बनेको प्रतिक्रिया दर्शक स्रोताले दिएका छन् । युट्युबको कमेन्ट बक्स दर्शक स्रोताका सकारात्मक कमेन्टले भरिएको छ। हेर्नुस् भिडियो..