
काठमाडौं : नेपाली मोडलिङ क्षेत्रमा सम्भावना बोकेका मोडल तथा कलाकार हुन् सन्तोष बानियाँ। चकलेटी लुक्स अनि अब्बल अभिनयका कारण दर्शकको प्रिय बनेका सन्तोषका संख्यात्मक रुपमा कमै छन् म्युजिक भिडियो।
त्यसो त, सन्तोष संख्यात्मक भन्दा पनि गुणात्मक काममा ध्यान दिने गर्छन् । सन्तोष अभिनित म्युजिक भिडियो कमै छन् । तर, उत्कृष्ट छन् । यसैबीच, सन्तोष अभिनित पछिल्लो एउटा नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ। केही दिन अधि रिलिज भएको “आँखा आँखा जुधि” बोलको म्युजिक भिडियोमा सन्तोषले उत्कृष्ट अभिनय गरेका छन् ।
सन्तोषका अलवा भिडियोमा पछिल्लो समयकी लोकप्रिय मोडल श्रेया सिटौलालाई पनि देख्न सकिन्छ। भिडियोमा समाबेश गीत निकै प्रेमिल छ। गीतमा लोकप्रिय गायिका अस्निता अधिकारी र किरण गज्मेरको सुमधुर आवाज रहेको छ। गीतको शब्द धुर्व प्रसाद अमगाईले लेखेका हुन् ।भने, संगीत लेखु सहयात्रीको रहेको छ। एक प्रेमिल प्रेम जोडीको कथा गीतले बोलेको छ। शब्द अनुसार मेलोडियस संगीत लेखुले दिएका छन् । किरण र अस्मिताको गायिकी त झनै मेलोडियस एवं उत्कृष्ट सुनिएको छ गीतमा।
गीत सुन्दा जति आनन्द आउँछ , भिडियोले झन मन लोभ्याउँछ। अपरिचित भएता पनि एक अर्काबीच प्रेम गर्न थालेका युवायुवतीको कथालाई भिडियोमा आकर्षक शैलीमा देखाइएको छ। त्यसो त, सन्तोष र श्रेयाको अभिनय रियल जस्तै लाग्ने गर्छ। उनीहरूको केमिस्ट्री गजब देखिएको छ भिडियोमा। वास्तविक प्रेम जोडीको झल्को दिन्छ सन्तोष र श्रेयाको जोडीले।
आकर्षक फ्रेम अनि लोकेशनमा खिचिएको भिडियोका निर्देशक सोनम पाख्रीन हुन् । भिडियोलाई बुद्ध थापाको टिमले खिचेको हो। त्यस्तै, भिडियोलाई सम्पादन गर्ने काम बिकाश दाहालले गरेका हुन् । भिडियो एमथ्री मिडिया नेपालको अफिसियक युट्युब च्यानलबाट रिलिज भएको हो। गीत अनि भिडियोलाई लिएर युट्युबमा राम्रो राम्रो प्रतिक्रिया दर्शक स्रोताले दिएका छन् । हेर्नुस् भिडियो..