
काठमाडौं : त्यसो त प्रभात सुवेदी एक बहुप्रतिभासाली व्यक्ति भनेर चिनिन्छन। हाल पेसाले शिक्षक रहेका प्रभात एक कुशल गायक एवं सर्जक पनि हुन् । सयौं बढी गीत सृजना गरेर आवाज दिइसकेका प्रभात पछिल्लो समय शिक्षक पेसा तिरै व्यस्त छन् ।
तर, बेलाबेला भने प्रभातले आफ्ना सृजना बजारमा ल्याइरहेका हुन्छन् । यसैबीच, उनले एउटा मौलिक गीत बजारमा रिलिज गरेका छन् । केही दिन अघि रिलिज “धार्नीको कोदाली”मा प्रभातको सुमधुर आवाज सुन्न सकिन्छ। प्रभातका अलवा गायिका तुलसी घर्तीको पनि गीतमा आवाज रहेको छ।
भिमा सुवेदी र चित्रप्रसाद आचार्यको शब्द र भिमा सुवेदीकै संगीत गीतमा रहेको छ। गीत मौलिक झ्याउरे शैलीमा आधारित छ। सुन्दा जोकोहीलाई नाँचौ नाँचौ लाग्ने खालको अडियो बनेको छ। त्यसो त अडियो केही वर्ष पहिल्यै रिलिज भएता पनि अफिसियल म्युजिक भिडियो भिडियो सहित एपिएस नेपाल युट्युब च्यानलबाट प्रभातले हालै मात्र रिलिज गरेका हुन् ।
गीत जति मौलिक छ, भिडियो झन मौलिक बनेको छ। बाँकेमै छायांकन गरिएको भिडियोमा मौसमी राना लगायतका कलाकारको आकर्षक नृत्य रहेको छ। भिडियोलाई नवराज सुवेदीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । आकर्षक फ्रेममा रामु चौधरीले खिचेको भिडियोलाई रामुले नै सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो..