काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा गायिका एवं सर्जकको रुपमा चिनिएकी गायिका तथा सर्जक हुन् सुमित्रा कोइराला । विशेषगरी लोकगीत सृजना एवं गाउन सक्ने खुवी भएकी सुमित्राले प्रायः आफुले गाउने गीत आफैं सृजना गर्छिन् ।
यसरी आफै सृजना गर्न सक्ने महिला सर्जक नेपाली लोक दोहोरी क्षेत्रमा कमै संख्यामा छन् । सुमित्राले त्यही कमै संख्यामा आफुलाई पार्न सफल भएकी छिन। सयौं गीतमा सुमित्राले आवाज दिइसकेकी छिन। जसमध्ये अधिकांश गीतलाई दर्शक स्रोताले रुचाएका छन् ।
यसैबीच, सुमित्राले यतिबेला एउटा नयाँ गीत बजारमा ल्याएकी छिन् । तीज नजिकिँदै गरेको भएर होला दर्शक स्रोताको लागि उनले “घन्किदे मादलु” बोलको तीज गीत बजारमा ल्याएकी हुन् । सुन्दा निकै मौलिक लाग्ने गीतमा सुमित्राकै शब्द, संगीत अनि स्वर रहेको छ। उनले गएका वर्षहरूमा बजारमा ल्याएका तीज गीतहरू झै यो गीत पनि उत्कृष्ट छ।
पछिल्लो समय तीजको नाममा छाडा गीतहरू आइरहेको समयमा सुमित्राले भने एकदम मौलिपनलाई अंगालेकी छिन् । सायद नेपाली दिदि बहिनी लगायत सबैले सुमित्राको यो नयाँ तीज गीत रुचाउँछन् । त्यसो त, गीतको अडियो जति दमदार छ, भिडियो झन आकर्षक बनेको छ।
भिडियोमा लोकप्रिय डान्सर तथा मोडल गीता ढुंगाना र बिना रावत फिचर्ड छन् । गीता र बिनाको आकर्षक नृत्यले भिडियोलाई मनमोहक बनाएको छ। निकै उत्कृष्ट लाग्छ उनीहरूको नृत्य। काजिश श्रेष्ठले भिडियोको कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।
भिडियोलाई आकर्षक फ्रेममा राजेश घिमिरेले खिचेका छन् भने सम्पादन गर्ने काम दिपक विष्टले गरेका हुन् । गीतको प्रस्तुतकर्ता सुमित्रा नै हुन् । गीत पनि सुमित्रा कोइरालाको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो…