काठमाडौं : हरेक वर्ष एउटा न एउटा मौलिक तीज गीत बजारमा रिलिज गर्ने सर्जक तथा गायक हुन् सन्तोष केसी। त्यसो त सन्तोष लोकगीतका अलवा सुगम संगीत पनि त्यतिकै अब्बल सर्जकको रुपमा चिनिन्छन। सकेसम्म मौलिक गीत संगीत सृजना गर्नुपर्छ भन्ने मनसाय बोकेका सन्तोषले सदाको वर्ष झै यो वर्ष पनि मौलिक तीज गीत बजारमा ल्याएका छन् ।
केही दिन अघि रिलिज भएको “बुहारी” बोलको गीत सन्तोषले नै सृजना गरेका हुन् । गीतमा लोकप्रिय गायिका राधिका हमाल र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ। सन्तोषको पनि सुमधुर आवाज गीतमा सुन्न सकिन्छ। गाउँघरको कुरालाई सन्तोषले शब्द अनि संगीतमा उतारेका छन् । सुन्दा गीत निकै पृथक एवं मौलिक लाग्ने गर्छ।
गीतको अडियोसंगै भिडियो पनि उत्कृष्ट बनेको छ। गीतको भाव अनि कथा वस्तु अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा अब्बल कलाकार सन्तोष पन्त, हिउवाला गौतम, संगम भण्डारी ,किरण केसी, अन्जु महर्जन र रमेश केसीको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
गाउँघरमा सासू बुहारीबीच हुने मनमुटाव एवं सामाजिक यथार्थको कथालाई भिडियोमा गजब तरिकाले देखाइएको छ। भिडियोका निर्देशक प्रकाश भट्ट हुन् । राजेश घिमिरेले आकर्षक फ्रेममा खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गीत सन्तोष केसीको अफिसियल युट्युब च्यान “सन्तोष केसी- एसएस डिजिटल” बाट रिलिज गरिएको हो।
रिलिज भएको छोटो समयमै यस् गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाएका छन् । दर्शकको राम्रा राम्रा प्रतिक्रिया युट्युबमा देख्न सकिन्छ। त्यसो त रिलिज भएको करिब ३ दिनको अवधीमा ४ लाख ३५ हजार बढी भ्युजसंगै युट्युब म्युजिकको ट्रेन्डिङ दुईमा समेत पर्न सफल भएको छ यो गीत। गीत आफैमा मौलिक अनि अब्बक भएर पनि होला यस् गीतका अधिकांश अंशमा हजारौं बढी टिकटक भिडियो पनि बनेका छन् ।