काठमाडौं : निकै व्यस्त अनि लोकप्रिय गायिका भनेर पछिल्लो समय चिनिएकी गायिका हुन् रचना रिमाल। उनले गाएका गीतहरू प्रायः दैनिकजसो रिलिज हुनेगरेका छन् । त्यसो त रचनाका सयौं गीतहरू बजारमा छन् । जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोतामाझ निकै लोकप्रिय पनि छन् ।
सुमधुर आवाज भएकै कारणले दर्शकस्रोता रचनाका गीतहरू कुरेर बस्ने गर्छन् , बजारमा कहिले रिलिज हुन्छन् भनेर। यसैबीच, रचनाकै आवाज रहेको एउटा वियोगान्त गीत केही दिन अघि रिलिज भएको थियो। “हिडेकी छु एक्लै म त” बोलको उक्त गीतमा रचनाको मनछुने आवाज रहेको छ। गीतमा काशी जेट्लीको शब्द अनि नवीन कार्कीको संगीत रहेको छ।
गीतको अफिसियल भिडियो नबनेको भएपनि अफिसियल स्टुडियो भर्सन टाइपको भिडियो चाहिँ बनाइएको छ। भिडियोमा रचनानै देखिएकी छिन् । मिराज अर्याले भिडियो खिच्ने र सम्पादन गर्ने काम गरेका छन् । गीतलाई छोटो समयमा दर्शक स्रोताले निकै रुचाएका छन् ।
रिलिज भएदेखि गीत निरन्तर युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ। यो समाचार तयार पार्दा सम्म गीत युट्युव म्युजिकको २३ औं ट्रेन्डिङमा रहेको छ। करिब १ लाख ८० हजार भ्युज, १० हजार बढी लाइक र ७ सय बढी सकारात्मक कमेन्ट पनि गीतले युट्युबमा पाएको छ। गीत रचना रिमालको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..