काठमाडौ : पछिल्लो समयका लोकप्रिय नायक हुन् पल शाह । अघिल्लो वर्ष देखि नै समाजसेवामा डटेर लागि परेका अभिनेता शाहलाई ‘रजतपट कोसेली अभियान’ले ‘रियल हीरो अफ दि इयर’ सम्मान गरेको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बिच पललाई सम्मान गरिने भनिएको थियो तर पल काठमाडौँ बाहिर भएकाले र कार्यक्रम नसकिदा सम्म नआइपुगेकाले पललाई मंगलबार सम्मान गरिएको छ।
सोमबार अभिनेता पललाई प्रदान गरिने सम्मानपत्र सदावहार नायक भुवन केसिले बाचन गरेका थिए। मंगलबारको कार्यक्रममा भने रजतपट कोसेली अभियानका संयोजक प्रकाश सुवेदीले वाचन गरेका थिए। सोमबारको कार्यक्रममा भुवन केसि सँगै, नायिकाद्वय करिश्मा मानन्धर र आँचल शर्मा पनि उपस्थित थिए। पलले सोमबारको कार्यक्रममा उपस्थित हुन नपाएकोमा मंगलबारको कार्यक्रममा माफी समेत मागेका छन्।
आफ्न्नो ज्य्यान बाजि राखेर गरेको सामाजिक कामको उच्छ मुल्यांकन गर्दै रजतपट कोसेली अभियानले पललाई सम्मान गरेको हो। पलले आफू सम्मानित हुन पाउँदा निकै खुसी भएको बताए।
पलसँगै नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीलाई पनि सम्मान गरिएको थियो। मेघा पनि सोमबारको कार्यक्रममा घरायसी समस्याका कारण उपस्थित हुन सकेकि थिईनन्। मेघाको ‘आभार-पत्र’ नवजिवन परोपकार समाजका अध्यक्ष दुर्गा नाथ दाहाललाई सोमबार नै हस्तान्तरण गरिएको थियो।