पल शाह भन्छन् : हाम्रो टिम नेपालका युवालाई तुरुन्त रिहा गरियोस्

काठमाडौं : प्रहरीले सोमबार “हाम्रो टिम नेपाल” टिमका केही युवाहरूलाई काठमाडौंबाट पक्राउ गरेको छ। सोमबार काठमाडौंको अनामनगरबाट प्रहरीले हाम्रो टिम नेपालका युवालाई पक्राउ गरे लगत्तै अहिले चौतर्फी रुपमा रिहा गर्न माग गरिएको छ।

यसैबीच, लोकप्रिय नायक पल शाहले पनि पक्राउ परेका हाम्रो टिम नेपालका युवाहरुको रिहाइका लागि आग्रह गरेका छन् । विनाकारण प्रहरीले पक्राउ गरेको भन्दै पल शाहले मन दुखाएका छन् । पछिल्लो समय पलले हाम्रो टिम नेपालसंग मिलेर धेरै स्थानहरूमा सामाजिक कार्य गर्दै आएका छन् ।

पलले आफ्नो फेसबुक आइडीबाट एउटा स्टाटस लेख्दै रिहा गरिनुपर्ने माग गरेका छन् । पलले लेखेको स्टाटस यस्तो छ :

“कोरोना माहामारीको बेला निः शुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भुकम्प,बाढी, पहिरो जादा रातदिन नभनि देश भर सेवा गर्दै आएको टिम “हाम्रो टिम नेपाल“ माथी आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुलाई चाडो भन्दा चाडो रिहाई गरियोस्’, पल शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।”

प्रहरीले किन पक्राउ गर्यो त्यसको स्पष्ट कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया

TOP