काठमाडौं –सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बेहाल तुल्याएको छ । मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबानमा परेका छन् । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सामान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आश्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको समस्या टड्कारो भएको छ ।
मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबानमा परेका छन् । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सामान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आश्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको समस्या टड्कारो भएको छ ।
श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपीडितका लागि सहयोगको अपिल गरेकी हुन् । उनले अगाडि लेखेकी छिन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो ।”
श्वेताले बाढीपीडितहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आफूले राहतका लागि सबैसँग अपील गरेको बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु ।’
श्वेताको फेसबुक स्टाटस :
**सिन्धुको समस्यामा हाम्रो साथ
*** काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ! मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो । यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु । मेरो यो पाइलामा समाजसेवी ईशा गुरुङ्ग दिज्युको पहल मा Hamro Team Nepal ले पनि ५० ओटा सिरक र डस्ना लगायत अन्य राहत सामग्री दिएर सहयात्रीको भूमिका निर्वाह गर्ने भएको छ । पर्सी सुक्रवारका दिन मेलम्चीको लागी प्रस्थान गर्ने हाम्रो योजनामा सहयात्री बन्न ईच्छुक सबैलाई स्वागत छ । (सहकार्यको लागी : ९८४३६८८६४०)