काठमाडौँ : त्यसो त, केही समय अगाडि सम्म महानायक राजेश हमाल आफुलाई अलि लुकाएरै राख्थे। समाजिक संजालमा अरु स्टारका मिलियन फलोअर्स हुँदा पनि उनि गुपचुप नै बसे। दर्शकलाई उनका पर्सनल कुराहरु विरलै थाहा हुने गर्थ्यो। न फेसबूक, न इन्स्टाग्राम। तर जब विवाह गरे तब देखि राजेश समाजिक संजालमा आए। उनी अलि सकृय हुन थाले।
पछिल्लो समय राजेश फिल्म बाहेकका अन्य कामहरुमा निकै सकृय छन्। जति काममा सकृय छन् त्यो भन्दा बढी सामाजिक संजालमा सकृय छन्। उनका सामाजिक संजालमा डिनर गरेको, चिया खाएको, एक्सर्साइज गरेको, घुमेको, शूटिङ गरेको, श्रीमती सँग डिनर खाएको, म्युजिक भिडियोका काउनडाउन तस्बिर, म्युजिक भिडियोका लिङ्क आदि इत्यादी। राजेश सकृय भएरै उनको पनि मिलियन फलोअर्स पुगिसके।
राजेशले केही अगाडि एउटा तस्बिर पोस्ट गरे उक्त तस्बिरमा राजेशले आफ्नो पाखुरा देखाएका छन्। बुढेसकालमा पनि राजेशका पाखुरा त ठुलै छन्। गाला चाउरी परिसक्दा पनि राजेशले स्टाइल भने १६ बर्षे ठिटोहरुको जस्तो गर्छन्। उनका क्रियाकलाप पनि त्यस्तै हुन्छन्। त्यसैले पनि राजेशलाई अझ जवान देखिन मद्धन पुगेको होला।