नायिका प्रियंका कार्कीले अहिले देश र जनतालाई चुनाव नचाहिने बताएकी छिन् । शनिबार बजेट सार्वजनिक भएसँगै गर्भवती नायिका कार्कीले यस्तो राय सार्वजनिक गरेकी हुन् ।
“आँखा खोलेर एकÞ पटक नियाँलेर देशको स्तिथि हेर्नुस् । आहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन । यो आहिले प्राथमिकतामा पर्दैन् । यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने ?”, प्रियंकाले प्रश्न गरेकी छिन्, “देश हाँक्ने शक्ति, देशलाई प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र जिÞम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?
“हजारौंको दरले दैनिक कोरोना संक्रमितहरू बढिरहेका छन् । अस्पतालमा ठाउँ छैन, भेन्टिलेटर छैन, अक्सिजन छैन, जनताले भ्याक्सिन लाउन पाएको छैन् । निषेधाज्ञा चलिरहंदा जनताले दुई छाक खान पाएका छैनन्, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन जुन काम खासमा यो सरकारको हो ।”