
फिल्म ‘एन्टिहिरो’मा नायिका जसिता गुरुङ अनुबन्धित भएकी छिन् । बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै जसिता ‘एन्टिहिरो’मा नायिकाको रुपमा फाइनल भएकी हुन् ।
काजल फिल्मस् ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल र जसिता जोडीको रुपमा प्रस्तुत हुने छन् । ‘लिलिबिली’ फिल्मबाट डेब्यु गरेकी जसिताले पहिलो पटक अनमोलसँग स्क्रिन सेयर गर्न लागेकी हुन् । यो फिल्ममा भुवन केसी खलनायकको भुमिकामा देखिदैछन् । फिल्मको छायांकन वैशाख १ गतेबाट सुरु हुनेछ ।