![](https://filmypatra.com/wp-content/uploads/2020/07/PicsArt_07-15-07.02.51.jpg)
नेपालगन्ज : लोकप्रिय गायक सुकदेव अधिकारीको तीज गीत सार्वजनिक भएको छ। बुधबार सार्वजनिक “छम्की देउ पानी” बोलको गीतमा सुकदेव अधिकारी र सुनिता ठकुरीको सुमधुर आवाज रहेको छ।
गीतमा तिलक वलीको शब्द तथा संगीत रहेको छ। आधुनिक शैलीका तीज गीतहरु धमाधम बजारमा आइरहेको बेला यो गीत भने पृथक बनेर बजारमा आएको हो। गीत सुन्दा जोकोहीलाई नाचौँ नाँचौ लाग्ने गर्छ। गीतको अडियो दमदार छ।
गीतको भिडियो पनि एकदम उत्कृष्ट बनेको छ। भिडियोमा अञ्जली अधिकारी र बिमल अधिकारीको धमाकेदार नृत्य देख्न सकिन्छ। भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । त्यस्तै, अजय रेग्मीको छायांकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।
गीतको भिडियो भावना म्युजिक सोलुसनको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..