
साताबाट रोकिएको नक आउटका नया शृङ्खलाहरु प्रशारण हुने भएको छ । सन्क्रमित भएका महागुरु कोच दीपको स्वस्थमा क्रमिक सुधार आइरहेको हुदा प्रशारण गर्ने तयारी गरेको हो । तर यो साता र अर्को साता शुक्रवार मात्र नकाआउटको नयाँ शृङ्खला प्रसारण…
२ साताबाट रोकिएको नक आउटका नया शृङ्खलाहरु प्रशारण हुने भएको छ । सन्क्रमित भएका महागुरु कोच दीपको स्वस्थमा क्रमिक सुधार आइरहेको हुदा प्रशारण गर्ने तयारी गरेको हो । तर यो साता र अर्को साता शुक्रवार मात्र नकाआउटको नयाँ शृङ्खला प्रसारण हुने छ। त्यस पछि शुक्रबार र सनिवार को नियमित प्रसारणमा आउने छौ ।
२ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए । २ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो । यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।
कोचत्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ । यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्तर्गत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तो भ्वाईसको सुचना:
आजबाट हामीहरु नक आउटका नया शृङ्खलाहरु लिएर आउदै छौ। महागुरु कोच दीपको स्वस्थमा क्रमिक सुधार आइ रहेको हुदा यो साता र अर्को साता शुक्रवार मात्र नकाआउटको नयाँ शृङ्खला प्रसारण हुने छ। त्यस पछि शुक्रबार र सनिवार को नियमित प्रसारणमा आउने छौ ।
