चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् प्रकृती श्रेष्ठ । उनले चलचित्र ‘जिन्दगी रक्स र उत्सव’मा काम गरिन् । यसपछि, बिहे गरेर अष्ट्रेलिया पुगेकी प्रकृती केही बर्षपछि चलचित्र ‘बिहे पास’बाट कमब्याक गर्दैछिन् ।
एक समय म्युजिक भिडियोमा जमेकी नायिका हुन् प्रकृति श्रेष्ठ । ‘हनि बनी’ नामक गीतमा नायक पल शाहसँग अभिनय गरेकी प्रकृतिको करियरको सुरुवात त्यही गीतबाट भयो । त्यसलगतै उनले दर्जनौँ गीतमा अभिनय गरिसकेकी छिन् । ‘होस्टेल’ मुभिबाट सिने जगतमा पाइला चालेकी प्रकृतिले ‘उत्सव’, ‘जिन्दगी रक्स्’ चलचित्रमा काम गरिसकेकी छिन् । म्युजिक भिडियो र चलचित्रबाट चर्चामा रहँदै गर्दा उनी करिब तिन वर्ष अघि सुदिप न्यौपानेसँग विवाह बन्धनमा बाँधिएर अस्ट्रेलिया पलायन भइन् ।
तर प्रकृती केही समय ब्रेक मात्र लिएको तर आफुले कलाकारिता नछाेडेकाे प्रकृति बताउछिन् । उनी हाल अस्ट्रेलियामा आफ्नो श्रीमानसँग बस्दै आइरहेकी छिन् । अस्ट्रेलियामा डेन्टल नर्सिङ पढिरहेकी प्रकृति राम्रो चलचित्रको प्रस्ताव आए काम गर्ने तयार भएकाे बताइन् । उनी भन्छिन् ‘केही समय ब्रेक लिएको कारण होला, अब आफू तयार भएको जस्तो लाग्छ । राम्रो कथा लिएर कसैले अफर गर्छ भने म चलचित्र खेल्न तयार छु ।’
उनै, प्रकृतीले सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानको प्रश्नको उत्तर दिने क्रममा आफूले चलचित्र क्षेत्रमा यौन उत्पीडन भोगेको बताएकी छिन् । उनको यो भिडियो आफ्नो युट्युव च्यानलमा पनि राखेकी छिन् । एक फ्यानको प्रश्नमा उनले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा आफूले यस्तो समस्या भोगेको बताइन् । प्रकृतीले यस्तो गलत कुराको बिषयमा बोल्न आफू नडराएको पनि बताएकी छिन् । आफू वा अरु कोहीलाई ती व्यक्तिहरुले फेरि यस्तो गलत हर्कत नगरुन् भन्ने सोचेर आफू बोल्न नडराएको प्रकृतीको भनाई छ ।
अर्का एक फ्यानले प्रकृतीलाई आमा कहिले बन्नुहुन्छ भनेर पनि सोधेका छन् । जसमा प्रकृतीले आफूलाई सही समय आएको भन्ने लागेपछि यसतर्फ सोच्ने बताएकी छिन् । उनले, आफूलाई पहिलो बच्चा छोरी र दोश्रो बच्चा छोराको चाहना भएको पनि खुलाएकी छिन् । नायिका प्रकृती श्रेष्ठ चलचित्र ‘बिहे पास’को छायांकन सकेर अष्ट्रेलिया फर्किसकेकी छिन् । हेर्नुस् भिडियो ।