काठमाडाैँ – हामीले सधै फिल्मी पर्दामा देखिरहने कलाकारको जिवनशैली कस्तो होला भनेर हामी सबैलाई जिज्ञासा लाग्न सक्छ । र यो जिज्ञासा लाग्नु सामान्य कुरा हो । नेपाली सिनेमा क्षेत्रका कलाकारहरु प्राय सबैले गाडीचढेर हिँड्ने गर्छन् । अहिले फिल्म उद्योगमा आफ्नै सवारीसाधन नभएका कलाकार भेट्न मुस्किल पर्ने गर्छ । आउनुहोस् आज हामी तिनै चर्चित पुरुष कलाकारहरु कस्तो गाडी चड्छन भनेर हजुरहरुलाई बताउने छौँ ।
१. पल शाह –
नाइँनभन्नु ल ४, म यस्तो गीतगाउछु , सत्रु गते जस्ता हिट फिल्ममा काम गरेका नायक हुन् पल शाह । उनी कहिले फिल्म, म्युजिक भिडियोबाट त कहिले समाज सेवाको कारणले चर्चामा आईरहन्छन । पलले अड्तीस देखि चालिस लाख सम्म पर्ने निसानको सन्नी कार चढ्छन् । पल शाह धेरै फ्यान बनाउन सफल कलाकार हुन् ।
२. प्रदिप खड्का –
प्रदिप खड्का युवायुवतीहरुलाई एकदमै मन पर्ने हिरो हुन्। उनि चड्ने गाडी ‘प्रेम गीत २’का निर्माता तथा कलाकार सन्तोस सेनाले ‘प्रेम गीत २’ रिलिज भएको ५१ दिनको अवसर पारेर उपहार स्वरूप दिएको चर्चा चलेको थियो । कतिपयले उक्त कार सेनले पारिश्रमिक बापत दिएको भनी चर्चा चलेको थियो। उनले हुन्डाईको क्रेटा कार चढ्छन् । यसको मूल्य ४५ लाख भन्दा माथी पर्छ ।
३. अनमोल केसी –
चर्चित नायक अनमोल केसीको लाईफ स्टाईलले पनि निकै चर्चा पाउने गर्छ । उनले चलचित्र होस्टेलबाट नेपाली फिल्मी क्षेत्रमा नायकको रुपमा डेब्यु गरेका थिए । अनमोल निकै लोकप्रीय ब्रान्ड जिपकम्पासलाई आफ्नो यात्राको साधनका रुपमा रोजेका छन्। नेपालमा जिपकम्पासको मूल्य ७३ लाख ९० हजारदेखि एक करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको