बलिउडमा सदाबहार चर्चामा आइरहने कलाकार हुन् सलमान खान र ऐश्वर्या राय बच्चन । धेरैजसो आआफ्नो फिल्मका कारण चर्चामा आइरहने यी दुई कहिलेकाही पुराना कुराबाट पनि चर्चामा आउने गर्छन् । अहिलेसम्म विवाह नगरेका सलमानका प्रेमसम्बन्धबारे भारतिय मिडियामा चर्चा भइरहने गर्छ ।
कुनै समय सलमान र ऐश्वर्याको प्रेमसम्बन्धको चर्चा हुने गर्दथ्यो । यी दुईको प्रेमको चर्चा लामो समय भने हुन सिकेन । यी दूईको प्रेमसम्बन्ध ५ कारणले टिक्न नसकेको बताइन्छ ।
पाँच कारणमा पहिलो सलमान अलिक बढी पोजेसिभ भएको र उनले बारम्बार ऐश्वर्यामाथि हैकम जमाउन खोजेको कारणले सम्बन्ध राम्रो नभएको बताइन्छ । त्यस्तै अर्को कारण सलमान अलिक बढी कन्ट्रोल फ्रिक भएको पनि बताइन्छ ।
त्यस्तै केही अन्तर्वार्ताहरुमा ऐश्वर्याले सलमानले आफूलाई सम्मान नगरेको बताउदै आएकी थिइन् । यी कारणलहरुले पनि यी दुबईको प्रेम सम्बन्ध लामो समय टिक्न नसकेको बताइन्छ । अभिनेत्री ऐश्वर्या भने अहिले अभिनेता अभिषेक बच्चनसँग विवाह गरी बसेकी छिन् ।